फाइल तस्वीर
चितवन – भरतपुर महानगरपालिकामा यस पटक कुनैपनि हालतमा नेपाली काङ्ग्रेसले नछाड्ने भन्दै जिल्ला पार्टीले निर्णय गरेको छ । चितवन जिल्लामा नेपाली काङ्ग्रेसको गढ मानिंदै आएको भरतपुर महानगरपालिकामा अघिल्लो पटक नेकपा माओवादी केन्द्रबाट प्रचण्ड पुत्री रेणु दाहाललाई सघाएको काङ्ग्रेसले यस पटक कुनैपनि हालतमा आफुले लिने निर्णय गरेको हो ।आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन कायम गरेर जाने पार्टीको निर्णयविरुद्ध नेपाली काङ्ग्रेस संस्थापनइतर पक्ष खुलेर लागेको छ । यसैको केन्द्रविन्दुमा परेको छ चितवन जिल्लाका भरतपुर महानगरपालिका । जिल्ला कार्यसमिति चितवनको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यसअघि चितवन काङ्ग्रेसले महाधिवेशन प्रतिनिधिलगायतसँग धारणा माग गरेको थियो ।

माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाललाई नै दोहोर्यान चाहेको छ । रेण दाहाललाई माओवानी केन्द्रले पुनः उम्मेदवार बनाएमा नेपाली काङ्ग्रेसले उनलाई भोट नहाल्न मात्र नभै प्रतिनिधिसभाको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै समस्या पर्ने एक नेताले बताए ।

चितवन काङ्ग्रेस जिल्ला सभापति राजेश्वर खनालले मेयर पद अरुलाई छाड्न नसकिने तर गठबन्धन पनि कायम राख्ने निर्णय भएको बताएका छन् । अघिल्लोपटक माओवादी केन्द्रलाई छाडिदिएको हुँदा यसपटक काङ्ग्रेसले सो पद पाउनु पर्ने सभापति खनालको जिकिर छ । तर भरतपुरमा माओवादी केन्द्रले पनि दाबी छाडेको छैन । माओवादीले यसअघि पनि आफूले उक्त स्थानमा जित हासिल गरेको भन्दै अहिले भरतपुरबाहेक अन्य स्थानमा दाबी छाड्न तयार भएको जनाएको छ ।