क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा छ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । साक्रामेन्टोको रेस्टुरेन्ट तथा बारहरु रहेको मध्य क्षेत्रमा तीव्र गतिमा गोली चल्न थालेपछि सर्वसाधारणबीच भागदौड मच्चिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गोली प्रहार गरेको आशङ्कामा अनुसन्धान जारी रहेको भन्दै स्थानीय प्रहरी प्रमुखले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन् ।