पाकिस्तान – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटनको सिफारिस गर्नुभएको छ । आफूविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपतिलाई संसद विघटनका लागि सिफारिस पठाइएको बताउनुभएको छ ।

उहाँले चुनावको तयारी गर्न जनतालाई अपिल पनि गर्नुभएको छ । आजै संसदका उप–सभामुख क्वासिम सुरीले खानविरुद्धको अविस्वास प्रस्ताव खारेज गर्नुभएको थियो ।

अविश्वासको प्रस्ताव खारेज गरेकोमा खानले उप–सभामुख सुरीप्रति आभार पनि व्यक्त गर्नुभएको छ । उहाँले संवैधानिक अधिकार प्रयोग गरेर सुरीले अविश्वास प्रस्ताव खारेज गरेको जिकिर गर्नुभयो । प्रधानमन्त्री खानले सरकार बनाउने र हटाउने अधिकार जनतामा रहेकोले चुनावको तयारीमा होमिन अपिल गर्नुभएको हो ।