काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर कारोकार नेप्से परिसूचकमा तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य १ हजार ४५१ दशमलव ४० पुगेको छ ।

यस्तै,इमर्जिङ नेपाल र नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्य बढेर ९ दशमलव ९ प्रतिशतले बढेको छ । इमर्जिङ नेपालको शेयरमूल्य बढेर प्रतिकित्ता १ हजार ३४७ दशमलव २० पुगेको छ भने नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्य बढेर १ हजार १६१ दशमलव २० पुगेको छ ।