ब्राजिल – भीषण वर्षासँगै आएको बाढीका कारण ब्राजिलमा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी तटीय सहर र रियो दि जेनेरियोको फ्लुमिनेन्सीमा शनिबार पहिरोले क्षति गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

पछिल्लो २४ घण्टामा उद्धारकर्मीले १ सय ४४ जनाको उद्धार गरेका छन् । रियो दि जेनेरियोमा पछिल्लो केही हप्तादेखि मौसमी गतिविधि अस्थिर छ । गत फेब्रुअरीमा रियो दि जेनेरियोको पहाडी क्षेत्र पेत्रोपोलिसमा बाढी तथा पहिरोका कारण २ सय ४० जनाको ज्यान गएको थियो ।

पछिल्लो समय बाढी तथा पहिरोका कारण ७० भन्दा बढी परिवार घरबारविहीन भएका छन् । लेदोसहितको पहिरोले बाटो अवरुद्ध भएको छ । पाराती क्षेत्रमा एकैदिन ३ सय २२ मिलिमिटर वर्षा भएको स्थानीय मौसम विज्ञान विभागले जनाएको छ । उक्त वर्षा ६ महिनामा हुनुपर्ने औसत बराबरको हो । पारातीमा मात्रै पाँचजनाको ज्यान गएको सञ्चार माध्यामहरुले जनाएका छन् । – एएफपी