काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी आज तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको महासङ्घले जनाएको छ ।