फाइल तस्वीर
सियोल –दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

के टी–१ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४४० किलोमिटर दक्षिणपूर्वमा साचियोनको धान खेतमा दिउँसो १ः३६ बजे दुर्घटना भएको थियो । उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको समाचारमा जनाइएको छ । ट्रेनर लडाकु विमान दुर्घटनास्थलमा उद्धारका लागि अग्निनियन्त्रक अधिकारीहरूले दुई हेलिकप्टर, १४ वटा गाडी र ३५ जना कर्मचारी घटनास्थलमा पठाएका छन् । रासस÷सिन्ह्वा