फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलङ्काकामा आजबाट सुरुभएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास (बिमस्टेक) को सम्मेलनलाई आज बुधबार भर्चुअलमाध्यमबाट सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले अहिले ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बोधन गर्दै हुनुहुन्छ ।

हिजो बिमस्टेकको मन्त्रीस्तरीय बैठक श्रीलङ्कामा भएको थियो । उक्त बैठकमा नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्का सहभागि हुनुहुन्थ्यो । बिस्टेकमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्य रहेका छन् । सम्मेलनको अध्यक्षता श्रीलङ्काले गर्नेछ । बिमस्टेकको पछिल्लो सम्मेलन सन् २०१८ मा नेपालले आयोजना गरेको थियो ।