फाइल तस्वीर

किभ – युक्रेनमाथि भैरहेको रुसी आक्रमणलाई रोक्न दुवै देशबीच टर्कीको राजधानी स्तानबुलमा हिजो मङ्गलबारदेखि शान्ति वार्ता प्रारम्भ भएको छ । युक्रेन र रुसबीच भएको वार्ता सकारात्मक उन्मुख भएको समाचारमा जनाइएको छ । स्तानबुलमा मङ्गलबार युक्रेन र रुसका अधिकारीहरुबीच करिब तीन घण्टा वार्ता भएको थियो, तर त्यसबारे विस्तृत विवरण सार्वजनिक भएको छैन । हिजो भएको वार्ता सकारात्मक भएको भनिएता पनि अपेक्षितसमय भन्दा पहिले नै युक्रेनको वार्ता टोलीका सदस्यहरु निस्किएकाले वार्तामा खासै प्रगति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच रुसले ‘दुई पक्षीय विश्वास’ बढाउन भन्दै ‘नाटकीय रुपमा’ युक्रेनका दुई प्रमुख शहरमा सैन्य आक्रमण घटाउने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । रुसले राजधानी किएभ आसपासको क्षेत्र र उत्तरी शहर चेर्निहिभमा आक्रमण कम गर्ने बताएको हो । रुसले दुई शहरमा आक्रमण कम गर्ने बताए पनि त्यहाँ कस्तो खालको आक्रमण गर्छ त रुसले भन्ने प्रष्ट छैन ।

रुसको यो घोषणाप्रति युक्रेन शसङ्कित बनेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी प्रतिनिधिको वाचालाई विश्वास गर्न सकिने अवस्था नरहेको टिप्पणीलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीको मङ्गलबार सार्वजनिक भएको भिडियो सन्देशमा ‘हामीले सकारात्मक सङ्केत देखिएको भन्न सक्छौं, तर ती सङ्केतको अर्थ रुसी बिस्फोट र गोलाबारी रोकिन्छ भन्ने होइन’ भनिएको भनाइ सार्वजनिक भएको छ ।

रुसले गएको एक महिना अघि अर्थात् फेब्रुवरी २४ तारिखदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । यसबीचमा यी दुई देशबीच टर्कीको राजधान स्तानबुलमा पहिलो पटक शान्ति वार्तामा बसेका छन् । यो वार्ता केही सकारात्मक देखिएको हो । मङ्गलबार टर्कीको राजधानी स्तानबुलमा वार्ता भएको थियो ।