ललितपुर– विवादका विच अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारणसभा सुरु भएको छ । एन्फाले यसअघि स्थगित गरेको विशेष साधारणसभा आजदेखि सुरु भएको हो ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भैरहेको साधारणसभा निर्वाचनमा केन्द्रित एजेन्डाहरूमा छलफल हुने एन्फा सचिवालयले जनाएको छ । एन्फाको नयाँ नेतृत्वको लागि २०७९ साल जेठ १५ गते निर्वाचन हुनेछ । आज सुरुभएको साधारणसभामा निर्वाचन समितिको गठन, निर्वाचन पुनरावेदन समितिको गठनदेखि उम्मेदवारको मनोनयन शुल्क निर्धारण गर्ने विषयमा निर्णय गर्नेछ । यसैगरी एन्फाको आगामी वार्षिक कार्यक्रम तथा बजेटको साथै लेखा परीक्षण प्रतिवेदन लगायतका विषयमा समेत साधारणसभामा छलफल बताइएको छ ।

एन्फाले यस अघि फागुन ८ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको थियो । अन्तिम समयमा आएर प्राविधिक कारण देखाउँदै उक्त दिनको लागि बोलाइएको साधारणसभा स्थगित गरेको थियो । एन्फा सधैं विवादित् रहँदै आएको छ ।