फाइल तस्वीर
काठमाडौं – कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको प्राङ्गणमा रहेको क्रिकेट मैदानमा जारी त्रिदेशीय टी–२० श्रृङ्खलाको खेल तालिका अनुसार आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) भिड्ने भएका छन् । खेल दिउँसो साढे १२ बजेदेखि सुरु हुँदैछ ।

हिजोबाट सुरु भएको त्रिदेशीय श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो । नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९ ओभर २ बलमा एक सय ६८ रनमा अलआउट भयो ।

यसअघि भएको एक दिवसीय दुई खेलमा नेपाल पपुवा न्युगिनीसँग पराजय भोगेको थियो । त्रिदेशीय टी–२० श्रृङ्खलामा नेपालले दोस्रो खेल भोलि मलेसियासँग र तेस्रो खेल पर्सि पपुवा न्युगिनी सँग खेल्ने तालिका छ ।