काठमाडौं— नेपालमा देशभरगरी पछिल्लो २४ घण्टामा जम्मा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार पाँच हजार एक सय ५२ जनाको पीसीआर विधिबाट कोरोना भाइरसको सङ्क्रमण परीक्षण गर्दा १५ जनामा र एक हजार एक सय ५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा मात्रै सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३ सय १९ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ५४ जना रहेको छ ।