फाइल तस्वीर
काठमाडौं– टी–२० क्रिकेट सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जित दर्ता गराएको छ । राजधानीको कीर्तिपरस्थित क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्दी पपुवा न्यु गिनी (पीएनजी) लाई १५ रनले हराउन सफल भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले ४३, रोहित पौडेलले ३४, आरिफ शेखले ३१, कुशल भुर्तेलले २०, करण केसीले १४ र कुशल मल्लले ११ रनको साझेदारी गरेका थिए । नेपाल कप्तान सन्दीप लामिछाने र करन केसीले समान ३ विकेट लिएका थिए भने अविनाश बोहोराले २ र सोमपाल कामीले एक विकेट लिन सफल भए ।

बलिङतर्फ पीएनजीका अलेइ नाओ, चाड सोपर र चार्ल्स अमिनीले दुई–दुई तथा नोरमान भानु र रिले हेकुरेले समान एक विकेट लिए । एक सय ८४ रनको लक्ष्य लिएर जवाफी व्याटिङ गरेको पीएनजीले १९ ओभर २ बलमा अलआउट हुँदै एक सय ६८ रन मात्रै बनाउन सक्यो । पीएनजीका नोरमान भानुले सर्वाधिक ५२ रन बनाएका थिए भने सेसे बाउले ३०, चार्ल्स अमिनीले २२, लेगा सियाकाले २१ र चाड सोपरले १३ रन जोडेका थिए ।