रुस र युक्रेनबीच वार्ताको फाइल तस्वीर
किभ– युक्रेन र रुसबीच वार्ता हुने भएको छ । युद्ध मैदानमा भिडिरहेका यी दुवै राष्ट्रबीच भोलि मङ्गगलबार भौतिक उपस्थितिमा वार्ता हुन लागेको छ । यी दुई देशबीचको टर्कीको राजधानी स्तानबुलमा वार्ता हुन लागेको हो ।

टर्की राजधानी स्तानबुलमा वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम जनाएका छन् । आइतबार टर्किस राष्ट्रपति रिपेप तैयप एर्डोगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन संवाद भएको थियो । दुई देशका समकक्षीबीच भएको वार्ता पनि स्तानबुलमा मङ्कलबार वार्ता गर्ने सहमति भएको हो ।

अन्तर्राष्ट्रिय जगतले युद्धरत यी दुई देशबीच टर्कीमा हुने वार्तालाई विशेष महत्वका साथ हेरिएको छ । युद्ध अन्त्यका लागि आफूहरु तटस्थ हैसियतका सम्बन्धमा छलफल गर्न तयार रहेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएपछि वार्ताको वातावरणका निम्ति टर्कीको पहलमा वार्ता हुन लागेको समाचारमा जनाइएको छ । रुस र युक्रेनबीच वार्ता भएता पनि हालसम्म भएका वार्ताबाट ठोस निष्कर्ष निस्कन सकेको छैन । यी दुई देशबीच मार्च ७ मा भएको वार्ता भएको थियो । भोलि हुने वार्ताबाट केही निकास आउन सक्ने अपेक्षा गरिएको छ ।