फाइल तस्वीर
काठमाडौं– कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त खेल नेपालसहित मलेसिया र पपुवा न्युगिनी (पिएनजी) बीच हुने भएको हो ।

आजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू हुने सिरिजका लागि मलेसियाको टिम हिजै नेपाल आइपुगिसकेको छ । पिएनजी भने अघिल्लो सातादेखि नेपालमै छ । नेपाल र पीएनजीले एकदिवसीय सिरिज अन्तर्गत दुई खेलमा प्रतिस्पर्धा गरिसकेका छन् । यी दुवै खेल नेपाललाई हराएर ै पीएनजीले सिरिज कब्जा गरेको थियो ।

टी–२० सिरिजको पहिलो खेलमा नेपाल र पीएनजीबीचको खेल त्रिवि मैदानमा मध्यान्ह १२ः३० देखि सुरू हुने तालिका छ । टी–२० मा नेपाल र पिएनजीबीच पछिल्लो पटक सन् २०१५ मा प्रतिस्पर्धा भएको थियो । सो खेलमा पिएनजी ८ विकेटले विजयी भएको थियो।