फाइल तस्वीर
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज सोमबार कपिलवस्तु जाँदै हुनुहुन्छ । अध्यक्ष ओली विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराउने कार्यक्रमका लागि कपिलवस्तु लान लाग्नुभएको हो ।

हृदयेश त्रिपाठी समूहमा रहेका प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु एमालेमा पार्टीमा प्रवेश गर्न लागेकाले एमाले पार्टी जिल्ला कमिटीले पार्टी प्रवेश कार्यक्रम र चुनावीसभाको आयोना गरेको छ ।

उक्त चुनावीसभामा प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्ता, प्रदेशसभा सदस्य धर्मबहादुरलाल श्रीवास्तवसहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले कपिलवस्तुले जनाएको छ । अध्यक्ष ओली आज सोमबार र भोलि मङ्गलबार कपिलवस्तु र रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनुहुने ओलीको सचिवालयले जनाएको छ ।