फाइल तस्वीर
जनकपुरधाम – सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आइतवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको बस फुलजोर खोलास्थित पुलको बार भत्काउँदै खसेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मृत्यु हुनेहरुको सनाखत भएको छैन । दुर्घटनामा परेर घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसको अगाडिको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको प्रहरीको आशंका छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।