फाइल तस्वीर
विराटनगर– प्रदेश एकको प्रदेशसभाको बैठक आज पनि बस्दै छ । विराटनगरस्थित प्रदेशसभा भवनमा आज दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने प्रदेश सचिवालयले जनाएको छ । विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको छ ।

प्रदेशको नामाकरण गर्ने विषयमा बैठकमा सबै सांसदहरूले छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । प्रदेशसभा गठन भएको चार वर्ष बितिसक्दा पनि प्रदेशसभाले एक नं. प्रदेशको नाम टुङ्ग्याउन सकेको छैन । एक नं.प्रदेश बाहेक सबै प्रदेशहरुको नामाकरण भैसकेको छ ।

पहिचानको आधारमा नामकरण हुनुपर्ने मत उक्त प्रदेशमा बलियो छ । प्रदेशको नामको रूपमा अनौपचारिक रुपमा प्रस्ताव गरिएका नामहरुमा किरात, लिम्बुवान, सगरमाथा, कोशी, किरात–सगरमाथा, किरात–कोशी छन् । प्रदेश संसद्मा रहेकामध्ये अधिकांश सांसद किरातसँग सगरमाथा र कोसी जोड्नुपर्ने पक्षमा छन् ।