फाइल तस्वीर
गुल्मी – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पार्टी सबै प्रदेशबाट धुरो–पिठो हुँदै गएको बताउनु भएको छ । नेकपा (एकीकृत समाजवादी) गुल्मी जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

अध्यक्ष नेपालले ‘केपी ओलिको पार्टी सबै प्रदेशबाट धुलो–पिठो हुँदै गएको छ । एमाले सबैभन्दा तल भुइँमा पछारिंदै छ’ भन्नुभयो । केपी ओलिको नेतृत्वमा बनेको सरकार केन्द्र र प्रदेशबाट हराइसकेको भन्दै नेता नेपालले आगामी निर्वाचनमा एमालेलाई धुलो चटाउने बताउनु भयो । अध्यक्ष नेपाले यदि अबको निर्वाचनमा पनि एमालेलाई भोट दिए उसले देश र जनतालाई फेरि पनि दुःख दिने भन्दै यस्तो अहङ्कार र धुन्दुकारीलाई हराउन सक्रिय भै जनताको घरदैलोमा पुग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

सबै मिले एकीकृत समाजबादी पाटिको जित हुने भन्दै अध्यक्ष नेपालले चुनावको तयारीमा लाग्न स्थानीय नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आगामी निर्वाचनाको लागि सबैको साथ र सहयोग लिएर अगाडि बढ्न समेत कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । कार्यक्रर्ता प्रशिक्षणमा अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहङ्कारी सोचका कारण सातै प्रदेशमा एमालेमाथि सूर्य ग्रहण लागेको भन्दै अब सबै नेता कार्यकर्ता सङ्गठित भएर निर्वाचनमा लाग्नु पर्नेमा जोड दिनुभएको छ ।

अध्यक्ष नेपालले पार्टी सचिव तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई जिल्लामै बसेर आगामी बैशाख ३० गते हुने निर्वाचनमा एमालेलाई हराउन र नेकपा (एकीकृत समाजवादी) लाई समेत निर्देशन दिनुभएको छ ।