काठमाडौं – नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट सिरिजमा आज शनिबार पनि पराजय ब्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल पपुवा न्युगिनीसँग तीन विकेटले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ७८ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका थिए। १४० बलको सामना गरेका उनले ७ चौकाको मद्दतमा १०५ रन जोडेका थिए। यस्तै देव खनालले ७२, रोहित पौडेलले ३५, भीम सार्कीले २६ र सन्दीप लामिछानेले २४ रन जोडेका थिए ।

पपुवा न्युगिनीले २७९ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको थियो । उसले नेपालले दिएको लक्ष्य ४८ ओभर ४ बलमा पूरा ग¥यो । उसका लागि लेगा सियागाले ९०, रिले हेकुरेले ४८, सेसे बाउले ३८, चार्ल्स अमिनीले ३५ रन जोडन सफल भए ।

यसैगरी बलिङतर्फ नेपालका सोमपाल कामीले तीन, पवन सर्राफले २ तथा सन्दीप लामिछाने र आरिफ शेखले एक–एक विकेट लिए । शुक्रबार भएको सिरिजको पहिलो खेलमा पनि नेपाल कमजोर मानिएको पपुवा न्युगिनीसँग हार्न पुगेको थियो ।