काठमाडौं – नेपालले आज पपुवा न्यूगिनी (पीएनजी) सँग दोस्रो प्रतिस्पर्धा गर्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँग आज दोस्रो पटक त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो । शुक्रबार भएको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो ।

हिजो शुक्रबार भएको खेलले नेपालले पीएनजीसँग थोरै रनले पराजय भोगेको पीडाको बदला आज लिन सक्ने छ । नेपाली टिमले टस जितेर पहिले ब्याटिङ गर्दैछ भने पीएनजीले नेपालविरुद्ध बलिङ गर्दैछ । नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । कमल सिंह ऐरीको स्थान गुल्सन झालाई समावेश गरिएको छ । पहिलो खेलमा पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने रणनीतिमा मैदानमा उत्रेको छ ।

नेपाल आजको खेलमा जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा छ । नेपालका कप्तान सन्दीप लामिछानेले आजको खेलमा जित निकाल्ने योजना भएको बताए । यूएईमा नेपालले पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो ।

नेपालले आगामी मेमा आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा सिरिज खेल्दैछ । त्यसैका लागि यो सिरिजलाई फोकस गरेको छ । नेपालले पीएनजीसँग एकदिवसीय सिरिज लगत्तै नेपाल र पीएनजीले मलेसियासँग त्रिदेशीय टी ट्वान्टी प्रतियोगिता खेल्नेछन् ।

आज पपुवा न्युगिनीसँग भिड्न मैदानमा नेपाली टिमका कप्तान सन्दीप लामिछाने, विकेट विपर अनिक कुमार शाल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, रोहित कुमार पौड्यल, देव खनाल, शुल्सन झाँ, सोमपाल कामी, भिम सार्की, पवन सरार्फ भिड्ने छन् । खेल कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा भैरहेको छ ।