काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ, काठमाडौं जिल्ला कमिटीले शुक्रबार महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नुहुने अखिल नेपाल महिला सङ्घ जिल्ला कमिटीकी अध्यक्ष सुशीला खतिवडाले नवसञ्चार अनलाइनलाई जानकारी गराउनु भएको हो ।


आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपा एकीकृत समाजवादीले कार्यकर्तालाई सङ्गठित गर्दै प्रशिक्षण कार्यक्रमलाई तिव्र्रता दिदै आइको छ । भोलि हुने कार्यकर्ता प्रशिक्षणमा पार्टी स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशकी अध्यक्ष सावित्री भूसाल, बागमती प्रदेशका खानेपानी मन्त्री बसन्त मानन्धर, प्रदेशसभा सदस्य तथा काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुमुमकुमार कार्कीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको अध्यक्ष खतिवडाले जानकारी गराउनु भयो । कार्यक्रम भोलि शुक्रबार ११ बजे चावहिलस्थित आर.वि.होम्समा हुने आयोजकले बताएका छन् ।