काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा ३ हजार ८ सय ५५ जनाको पीसीआर र १ हजार ५ सय २१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको परीक्षण गर्दा ३८ जनामा मात्रै पुष्टि भएको हो ।


आज कोरोना भाइरसको सङ्क्रमण कुनै पनि सङ्क्रमितको मृत्यु नभएको स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार कोरोना भाइरसको सङ्क्रमणबाट २ सय ६९ जना निको भएका छन् । हाल देशभर २ हजार ४ सय ५३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोना भाइरसका कारण नेपालमा हालसम्म ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।