सांकेतिक तस्बिर

सिरहा– आगामी ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले हातहतियार बुझाउन सूचना जारी गरेको छ । इजाजत लिइ राखेका हातहतियार चैत मसान्तभित्र बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आग्रह गरेका हुन् । तोकिएको म्याद अर्थात् चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीओ कवारीले सचेत गराएका छन् । सिरहामा व्यक्तिगत रुपमा इजाजत लिइ राखेका जम्मा तीन सय दुई वटा हातहतियार रहेको सिडिओ कवारीले जनाएका छन् ।