फाइल तस्वीर
जनकपुरधाम – आज बुधबारका लागि बोलाइएको मधेस प्रदेशको प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराएको छ । यो सहित प्रदेशसभाको बैठक चौथोपटक स्थगित भएको हो ।

अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो ।

फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठक स्थगन गरिएको थियो । फागुन १ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आएका कारण स्थगन गरिएको थियो ।

फागुन १० गते बैठकको समयमा सभामुख सरोजकुमार यादव सभामुखहरूको सम्मेलनमा पोखरा गएका कारण, फागुन २२ गते नेपाली कांग्रेसको अधिवेशन र गण्डकी प्रदेशका मुख्यमन्त्रीको मधेस प्रदेशको भ्रमणका कारण स्थगन गरिएको थियो । रासस