फाइल तस्वीर
जनकपुरधाम – मन्त्रिपरिषद् पुनर्गठनको बहस चलिरहेको बेला सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको हैसियत अनुसार मन्त्रालयको भागबण्डा हुनुपर्ने बताउनु भएको छ । प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागिे जनकपुर पुगेर अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गर्नु भएको हो ।

प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले विमान स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्रिमण्डल हेरफेरको सम्भावना रहेको भन्दै प्रधानमन्त्री देउवासँग पार्टीको हैसियत अनुसार भाग मागेको बताउनु भयो । यस विषयमा प्रधानमन्दी देउवाले सहमत जनाउनु भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष प्रचण्डले ‘मन्त्रीपरिषद्मा हेरफेरको कुरा चलेको छ । तर अहिलेसम्म औपचारीक रुपमा टुङ्गिएको छैन् । केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना पनि छ । मैले प्रधानमन्त्रीजीसँग भनिरहेको छु’ भन्दै उहाँले ‘गठबन्धनमा सबैभन्दा बढी त्याग माओवादी केन्द्रले गरेको छ । हामीले पाउनुपर्ने जति मन्त्रालय पाएको छैन् । प्रधानमन्त्री जिले उहाँको पार्टीको अधिवेशनसम्म सहयोग गर्न भनेका थिए । माधव जीले पनि मेरो पार्टी नयाँ छ, धेरै दुःख छ सहयोग गर्नु भनेका थिए । अब सहयोग गर्ने सबैकाम माओवादी केन्द्रकै रहेको छ ।’

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न माओवादी केन्द्र तयार भएपनि कुन दलसँग गर्ने टुङ्गो नलागेको सञ्चारकर्मीहरुलाई जानकारी गराउनु भयो । नेपाली काङ्ग्रेस लचिलो भएर आए गठबन्धन हुने अध्यक्ष प्रचण्डको भनाइ थियो ।