गेट्टी इमेज, फाइल तस्वीर
किभ – रुसी आक्रमणको चपेटामा परेको युक्रेनलाई शक्तिशाली हतियार उपलब्ध गराउने विषयमा छलफल भैहेको छ । रुस विरुद्ध लड्न युक्रेनलाई लामो दूरीको हवाई सुरक्षा प्रणाली प्रदान गर्नेबारे साझेदार देशहरुसँग अमेरिकाले छलफल गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका जोन किर्बीले युक्रेनलाई माथिल्लो पहाडी वा हिमाली क्षेत्रमा हवाई सुरक्षाका लागि सहयोग हुने खालको ‘हाइ–अल्टिट्युड एअर डिफेन्स’ प्रदान गर्नेबारे विभिन्न देशसँग छलफल भइरहेको खुलासा गरेका छन् । अमेरिकाले माथिल्लो क्षेत्रमा हुने आक्रमणका लागि प्रयोग हुने लडाकु विमानलाई निशाना बनाउन सक्ने सुरक्षा प्रणाली दिनेबारे छलफल गरेको हो ।

अहिलेसम्म अमेरिकालेसम्म युक्रेनलाई ‘स्टिन्जर म्यान–पोर्टेबल एन्टी–एअरक्राफ्ट’ उपलब्ध गराउको छ । यो सुरक्षा प्रणाली हेलिकप्टर र तल्लो तहमा उड्ने विमानका लागि प्रभावकारी हुने बताइएको छ । माथिल्लो क्षेत्रमा आक्रमण गर्ने लडाकु विमानका लागि यो प्रणाली प्रभावकारी नहुने कारणले अमेरिकाले ‘हाइ–अल्टिट्युड एअर डिफेन्स’ प्रदान गर्नेबारे छलफल चलाएको हो ।