चितवन – छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् । चितवनको माडी नगरपालिका– १ बरुवास्थित शोमेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक सुरज लामिछानेलाई चितवन प्रहरीले पक्राउ गरेको हो ।

गत फागुन २९ मा कक्षा ९ मा अध्यनरत १५ वर्षकी छात्रामाथि माडी–५ बस्ने ३७ वर्षीय शिक्षक लामिछानेले यौन दुर्व्यवहार गरेका थिए । पीडित विद्यार्थीका अनुसार शिक्षक लामिछानेले पटक–पटक अन्य छात्राहरूमाथि पनि यौन दुर्व्यवहार गर्दै आएका थिए ।

हिजो आइतबार पीडित विद्यार्थीका आफन्तले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पश्चात् शिक्षक लामिछानेलाई पक्राउ गरिएको चितवन प्रहरी कार्यालयले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।