काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ सय रुपैयाँले वृद्धि भएर रु ९९ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज चाँदीको मूल्य हिजोको कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३ सय ७५ कायम रहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय २६ डलर आसपासमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।