फाइल तस्वीर
काठमाडौँ– क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा नायिका प्रियंका कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिन बोलाएको छ । ब्युरोका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिएअनुसार सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको प्रचार गर्दै भिडियो पोस्ट गरेपछि उनलाई बयानका लागि आइतबार बोलाइएको हो । आइतबार दिउँसो उनी बयान दिन अपराध अनुसन्धान ब्युरो पुगेको एसपी महतोले जानकारी दिए । कार्कीले केही दिनअगाडि सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै भनेकी थिइन्– ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु । तपाईँहरु पनि लगानी गर्नुस् ।’ नेपाल राष्ट्र बैँकले भने क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी हुने भन्दै नगर्न सबैलाई चेतावनी दिएको छ ।