फाइल तस्वीर
इलाम – प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार इलाममा चुनाव केन्द्रित गतिविधि सञ्चालन गरेको छ । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा इलामको फिक्कलमा चुनावी सभा भैरहेको छ । उक्त सभालाई एमाले अध्यक्ष ओली, एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरुको सहभागिता रहेको छ ।


चुनावी सभाका क्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष ओलीले स्वागत गर्नुभएको छ । एमाले लगायत पार्टीहरुले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चुनावी अभियानको सञ्चालन गरेका छन् ।