काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाखको हाराहारीमा पुगेको थियो अर्थात् ९९ हजार ८ सय थियो ।

त्यसैगरी तेजावी सुनको मूल्यमा पनि गिरावट आएको छ । तेजावी सुनको मूल्य भने ९८ हजार ७ सय रुपैयाँ छ । गत साताको अन्तिम दिन शुक्रबार तेजाबी सुनको मूल्य ९९ हजार ३ सय रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ तोकिएको छ । गत साताको शुक्रबार १३ सय ८५ रुपैयाँमा कारोवार भएको चाँदी आज साताको पहिलो दिन आइतबार तोलामा १० रुपैयाँले घटेको हो ।