फाइल तस्वीर
काठमाडौँ – अमेरिकाबाट आएका एक पुरुषले अवैध सुनभेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

अमेरिकाबाट आएका एक भूटानी शरणार्थीले ल्याएको ड्रोन क्यामराभित्र लेन्स रहेको भागमा १०० ग्राम सुनको बिस्कुट भेटिएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले बताए ।

उनका अनुसार जुत्ताको भित्री भागमा ९३४ ग्राम चाँदी जस्तो देखिने पाता फेला परेको छ। यद्यपि सो पाता भने चाँदी वा चाँदीको जलप लगाएको सुन हो भनेर प्रयोगशालामा परीक्षणको लागि पठाइएको उनले जानकारी दिए।

भूटानी शणनार्थी रहेका पुरुष आजै दिउँसो काठमाडौँ आइपुगेका हुन्।

भन्सार ऐनअनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई फर्कँदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्रामसम्म ल्याउन पाउने व्यवस्था छ।

भन्सार ऐनअनुसार बनेको निर्देशिकाले भने एक व्यक्तिले विदेशबाट आउँदा ५० ग्रामबाहेक थप २०० ग्रामसम्मको सुनका गहना ल्याएमा भन्सार महसुल बुझाई जाँचपास गर्न सकिने व्यवस्था छ। सोभन्दा बढी गहना ल्याएमा जफत गरिने व्यवस्था छ।