फाइल तस्वीर
काठमाडौँ – अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । अमेरिकी कूटनीतिज्ञ लिएर काठमाडौँ आएको अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।
‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना) को जहाज काठमाडौँ आएको हो’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले भने । संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन एमसीसी १२ बुँदे व्याख्यात्मक घोषणापछि अमेरिकालाई लिएर नेपालमा संशय व्यक्त हुँदै आएको छ ।
यही बेला कूटनीतिज्ञसहित अमेरिकी सेनाको जहाज नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।