फाइल तस्वीर
पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग सामना गर्दैछ । सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल शृंखलामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो । यूएई समेत लगातार दोस्रो जित निकाल्ने योजनामा छ । उसले पहिलो खेलमा पीएनजीलाई नै ७ विकेटले पराजित गरेको थियो । हालसम्म नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रियमा चार पटक आमने(सामने भएका छन् ।

जसमा नेपाल र यूएई दुबैले समान २ पटक जित हात पारेका छन् । लिगमा यूएई १५ खेलमा ८ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल भने ९ खेलमा १० अंक जोडेर छैटौं स्थानमा छ ।