साङ्केतिक तस्वीर
हेटौंडा – मकवानपुरमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु हुनुको साथै नौ जना घाइते भएको मकवानपुर जिल्ला प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लाथि चितवनस्थित अस्पताल पठाइएको छ ।


उक्त दुर्घटनामा परी मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–४ का २२ वर्षीय सुवास श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको प्रहरीले बताएको छ । हेटौंडाबाट चितवन जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुबाहक उक्त बस बिहान करिब ८ः४५ तिर मनहरी नगरपालिका–६ मा दुर्घटना भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ । बस दुर्घटना के कति कारणले हुन पुग्यो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।