प्रतिकात्मक तस्वीर
झापा – झापाको बिर्तामोड नगरपालिका– ५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न बिर्तामोड– ५ का ४० वर्षीय कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति राउतले घरायसी विवाद हुँदा आफ्नै श्रीमती ३९ वर्षीया खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए । श्रीमानको कुटाईबाट घाइते भएकी खेमजुङको कन्काई अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात थप उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।

उक्त अस्पतालमा उपचार हुन नसकी आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएकोमा उनको बिहीबार राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।