काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउँदै हुनुहुन्छ । विदेशमन्त्री राजकुमार फैसल नेपालको दुईदिने भ्रमणका लागि नेपाल आउन लाग्नु भएको हो ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्काले साउदी समकक्षीसँग चैत १ गते बैठक गर्नु हुने कार्यक्रम रहेको छ । साउदी अरबका विदेशमन्त्रीको नेतृत्वमा नेपाल आएको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।