काठमाडौं – नेपाली काङ्ग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जङ्गबहादुर लामा निर्वाचित हुनुभएको छ । दोस्रो चरणको मतदानबाट लामाले संस्थापनइतरका उम्मेदवार वंशलाल तामाङलाई पराजित गर्दै ९ सय ९२ मत ल्याएर सर्वसम्मतले विजयी हुनुभएको हो । जम्मा १७८७ मत खसेकोमा विजयी भएका लामाले ९१२ मत ल्याउनुभयो भने उहाँका प्रतिस्पर्धी तामाङले ८ सय ४८ मत मात्रै ल्याउनुभएको छ ।

पहिलो चरणको मतदानमा डा. प्रेमध्वज लामा तेस्रो स्थानको मत ल्याई निर्वाचनबाट बाहिरिनुभएको थियो । उहाँ संस्थापन पक्षकै उम्मेदवार हुनुहुन्थ्यो । सभापतिका तीन उम्मेदवारले पहिलो चरणको मतदानमा ५० प्रतिशत मत कटाउन नसकेपछि हिजो आइतबार पुनः मतदान भएको थियो ।