काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालाहरुमा ६ हजार ३ सय ६ जनाको पीसीआर विधि र १ हजार ६ सय ४१ जनाको एन्टिजेन विधिबाट गरी कुल ७ हजार ९ सय ४७ जनाको परीक्षण गर्दा ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ । सोही अवधिमा १ सय ९२ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेका छन् । हाल देशभर ४ हजार ९ सय १७ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा यो भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ५० जना रहेको छ ।

काठमाडौं उपत्यकामा थप २७ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २४ जना र ललितपुरमा ३ जनामात्र सङ्क्रमित थपिँदा भक्तपुरमा कुनै पनि व्यक्ति सङ्क्रमित नभएको मन्त्रालयले जनाएको छ ।