काठमाडौं – साताको पहिलो दिन आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । साताको अन्तिम दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

यसैगरी आज तेजाबी सुनको मूल्यमा पनि २ सय रुपैयाँले वृद्धि भै प्रतितोला १ लाख २ हजार ३०० मा कारोबार भएको छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि १० रुपैयाँले वृद्धि भएको छ । चाँदीको आजको बजार मूल्य प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔं १ हजार ९ सय ८७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।