फाइल तस्वीर
विराटनगर – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग तत्काल सहकार्यको कुनै सम्भावना नरहेको बताउनु भएको छ । माओवादी केन्द्र निकट प्रेस सेन्टरले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यस्तो धारणा राख्नु भएको हो ।

सोही क्रममा बोल्दै अध्यक्ष प्रचण्डले ‘देशको जटिल विषयमा मलगायत नारायणकाजी श्रेष्ठले केपी ओलीसँग कुरा गर्न नगएको होइन । ओलीमा हामीले एकदम नकारात्मक, निषेधात्मक अहङ्कारबाहेक केही देखेनौं’ भन्दै ‘त्यसकारण एमालेसँग कुनै सहकार्यको सम्भव छैन’ भन्ने भएको छ ।

प्रेस सेन्टरले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नकारात्मक मात्रै पाएको जिकिर समेत गर्नुभयो ।