साङ्केतिक तस्वीर
सप्तरी – सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिका–४ टेंगरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् । शनिबार मध्यरातमा भएको आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएको हो ।


सप्तरीस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार डम्बर यादव, दिनेशकुमार यादव, फुलदेव यादव, श्यामकुमार यादव, मनोजकुमार यादव, महेशकुमार यादव, धिरज यादव, बृजनारायण यादवसहित १३ जनाको घर जलेका छन् । स्थानीय डम्बर यादवले आफ्नो घर अगाडि राखेको रुखको पातमा एकाएक आगलागी भएको प्रहरीले जनाएको छ ।


उक्त आगलागीमा परी ९ वटा बाख्रा जल्नुका साथै झण्डै २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्लेले बताउनु भएको छ । मध्यरातमा भएको आगलागी राजविजराजस्थित प्रहरी तालिम केन्द्र, हनुमाननगर कंकालिनी र शम्भुनाथ नगरपालिकाबाट गएको बारुण यन्त्रले आइतबार बिहान ५ बजेतिर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।