काठमाडौं – कला तथा लोक दोहोरी क्षेत्रका प्रशिद्ध कलाकार प्रकाश सपुतले ‘पीर’ गीत सार्वजनिक गरेका छन् । गीतले परिवर्तनका लागि लड्नेहरु जसले युद्ध लडे तर आफ्नो अवस्था परिवर्तन गर्न सकेनन् । उनीहरुको लडाइँले ‘दुई छाक’ खान र सामान्य जीवनयापनको सङ्घर्षमा कसरी सीमित रहिरह्यो भन्ने आशय व्यक्त गरेको छ ।

युद्धमा होमिएका लडाकुहरु युद्धबिरामपछि नकारात्मक असर भोगिरहेको कुरालाई यो गीतमार्फत मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा लडाइँको नकारात्मक असर भोगिरहेका एक जोडीले जीवनयापनको लागि गरेको सङ्घर्ष प्रस्तुत गरिएको छ ।

प्रकाश सपुतको शब्द र सङ्गीत रहेको गीतमा सम्झना भण्डारीले साथ दिएकी छन् । प्रिज्मा स्टुडियोमा रेकर्ड भएको यो गीतको मिक्सिङ, मास्टरिङको काम श्यामश्वेत रसाइलीले गरेका छन् ।