चितवन – चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका– २, रमाइलो डाँडास्थित भित्री सडकखण्ड हुँदै वर्ल्याङबाट शक्तिखोरतर्फ जाने क्रममा प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना भएको हो । मोटसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चितवनको इच्छाकामना–३ की ३० वर्षीया तृकी गुरुङ र उनका ५ वर्षे छोरा आरोन गुरुङ र इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नवीन गुरुङ भने नाताले तृकी गुरुङकी भदै हुन् । मोटरसाइकल सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । उनीहरूको शव परीक्षणको लागि भरतपुर अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।