फाइल तस्वीर
संखुवासभामा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार सात जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले जानकारी दिनु भएको हो । झापाको दमक जाँदै गरेको ना ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका थुलुङ–६ मा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएको छ ।
ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएपी लालध्वज सुवेदीले जानकारी दिए । दुर्घटना स्थलबाट प्रहरीले १९ जनालाई उद्धार गरी चैनपुर अस्पताल पठाएको छ । उनीहरु सोही अस्पतालमा उपचार भइरहेको छ ।