फाइल तस्वीर

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ३ हजार ६ सय ३८ जनामा पीसीआर विधिबाट र २ हजार ७ सय ५६ जनामा एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा १ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९४९ पुगेको छ।

मंगलबार ३४८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ५ हजार ८७५ जना सक्रिय संक्रमित रहेका छन्।