काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ८८ जना सङ्क्रमित भएका छन् । पछिल्लो चौबीस घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा ६ हजार १ सय ४५ जनाको पीसीआर विधि र २ हजार ४ सय ९३ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको सङ्क्रमण परीक्षण गर्दा जम्मा ८८ जनामात्र सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये आज एक जना सङ्क्रमितको उपचारकै दौरानमा मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ४८ जना पुगेको छ ।
यसैगरी आज सोमबार ३ सय ७६ जना कोरोना भाइरसको सङ्क्रमणबाट भएका छन् । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार हाल देशभर ६ हजार १ सय ५० जना सक्रिय स्ङक्रमित रहेका छन् ।