काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ९ सय २९ जनामा नमुना परीक्षण गर्दा ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ सय ३८ जना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी हाल देशभर ६ हजार ४ सय ६१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।