फाइल तस्वीर
अभिनेत्री जाह्रवी कपुर २५ वर्ष पुगेकी छन् । उनी आइतबारबाट २५ वर्ष टेकेकी हुन् । फिल्म ‘धडक’ बाट अभिनयमा डेब्यु गरेकी कपुर स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी हुन् । श्रीदेवीको जाह्रवीलाई अभिनयमा ल्याउने सोच थिएन । तर जाह्रवीले अभिनयमा करियर बनाइन् । जाह्रवीको जन्म १९९५ मार्च ६ मा भएका थियो । श्रीदेवीले बोनी कपुरसँग विवाह गरेको केही महिनामै उनी जन्मिएकी हुन् । विवाह समय श्रीदेवी प्रिग्नेन्ट थिइन् । जाह्रवीकी एक बहिनी खुसी कपुर छिन् ।

श्रीदेवीको इच्छा जाह्रवी डाक्टर बनोस् भन्ने थियो । बोनी कपुरले सम्झाएका कारण उनी जाह्रवीलाई अभिनयमा ल्याउन राजी भएकी थिइन् । जाह्रवीसँग अहिले ५८ करोड (भारु) छ । उनी एक फिल्मका लागि ५ करोड लिने गर्दछिन् । उनले पहिलो फिल्म ‘धडक’ का लागि भने ४५ लाख लिएको बताइन्छ ।

फिल्म अभिनयका लागि उनलाई प्रशिक्षण भने आमा श्रीदेवीले नै दिएकी थिइन् । सुटिङको दौरानमा उनले कत्थक सिकेकी थिइन् । जाह्रवी पछिल्लो समय अक्षय राजनसँगको डेटिङमा रमाइरहेकी छन् । राजन उनको सानैदेखिको साथी हो । तर उनले राजनसँगको डेटिङको खबरको खण्डन गर्दै आएकी छन् ।